पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टी भएको छ।
७ हजार ५८ जनाको आरटी पिसिआरबाट परीक्षण गर्दा १ हजार ६ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यस्तै ३ हजार ९ सय ५४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय ५९ जनामा पोजेटिभ देखिएको हो ।
त्यस्तै सोही अवधिमा देशभरबाट संक्रमण भएका २ हजार ७८ जना निको भएका छन्। त्यस्तै १२ जनाको मृत्यु भएको छ ।