×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याए, सरकार ३० दिन टिक्न मुस्किल छ’

‘प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याए, सरकार ३० दिन टिक्न मुस्किल छ’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका छन् । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुट्ने कुनै कांग्रेस नेताले नसोचेको भन्दै प्रचण्डले गठबन्धन तोडेर दुभाग्यपूर्ण घटना घटाएको बताए ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता विश्वकर्माले भने, ‘बालुवाटार बैठकबाट एकछिन भनेर निस्कनुभएको प्रचण्डजी एकैछिनमा बालकोट पुगेर परिस्थिति अर्कै बनाउनुभयो । गठबन्धन दलले राजनीतिक स्थितरता सोचेका थियौँ। उहाँले दुभाग्यपूर्ण घटना घटाउनुभयो ।’

सरकार गठन भएपछि राजनीतिक स्थायित्व कायम हुन मुस्किल रहेको नेता विश्वकर्माले बताए । उनले भने, ‘संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । त्यो ३० दिनसम्म सरकार कसरी जान्छ । तर, ३० दिन कट्यो भनेर सरकार दुईवर्ष जान्छ । मलाई लागेको ।’

यसअघि २०७४ सालमा कांग्रेससँग छलफल चलिरहेको बेलामा एमालेसँग तालमेल गर्न पुगेको पनि नेता विश्वकर्माले बताए । उनले ओली र प्रचण्डलाई कटाक्ष गर्दै जोसँग डिभोर्स भयो त्यसैसँग पुनः विवाह भएको घटना नदेखेकाले आफूहरु आचर्य भएको बताए ।

प्रतिकृया दिनुहोस्