×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युक्रेन युद्ध : महिनौँपछि राजधानी किएभमा कैयौँ विस्फोटन

युक्रेन युद्ध : महिनौँपछि राजधानी किएभमा कैयौँ विस्फोटन

एजेन्सी/किएभ- किएभमा सोमवार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन् । 

युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको थियो । कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो । देशका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आइरहेकाे बीबीसीले जनाएकाे छ ।

ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन् । यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो ।

प्रतिकृया दिनुहोस्