पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद टुङ्गो लगाउने भएको छ ।
शुक्रवार बसेको उक्त बैठकले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुङ्गाउने सहमति भएको कांग्रेस नेता एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले बताएका छन् ।
उनले भने “अब क्रियाशील सदस्यताका बारेमा कुनै समस्या छैन । तोकिएको समयमा नै महाधिवेशन र अन्य जिल्ला अधिवेशन पनि हुन्छ ।”
कांग्रेसमा हालसम्म ४ लाख सदस्यले नवीकरण गरेका छन् भने ४ लाखको हाराहारीमा नै नयाँ सदस्यता इन्ट्री भएको छ ।