×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महाकाली नदीको जलसतह खतरा तह नजिक, सतर्कता अपनाउन आग्रह

महाकाली नदीको जलसतह खतरा तह नजिक, सतर्कता अपनाउन आग्रह

महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी खतरा तह नजिक पुगेको र महाकाली नदी जलाधारमा थप वर्षा हुने पूर्वानुमान भएकाले महाकाली नदी तल्लो तटीय क्षेत्रका डुबान भइरहने होचा स्थानमा हुनेहरूले भोलि बिहान सम्मै सतर्कता अपनाउन नेपाल बाढि सूचनाले ट्विटरमार्फत जनाएको छ । 

यसैगरी स्थानीय प्रशासनले नदीछेउछाउमा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना जारी गर्दै नदीमा पानीको मात्रा नघटेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । मनसुन जारी रहेकाले अहिले नै कम भयो भन्दै नदी किनारतिर काठ निकाल्न, बालुवा झिक्न र माछा मार्ने काम नगर्न नगराउन प्रजिअ जोशीले आग्रह गरेका छन् । शुक्रबार महाकाली नदी नियन्त्रण आयोजनाको बङ्गाबगड क्षेत्रको निर्माणाधीन तडबन्ध माथि नदी पुगेको थियो । महाकाली नदी निर्माणाधीन तटबन्धमा पुगे पनि क्षति नभएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए । 

प्रतिकृया दिनुहोस्