×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ३ सय ८२ संक्रमित, २ सय ५२ कोरोनामुक्त

थप ३ सय ८२ संक्रमित, २ सय ५२ कोरोनामुक्त

काठमाडौ- नेपालमा शनिबार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ पिसिआर परिक्षणका क्रममा ३ सय ४२ जना र १५ हजार ९ सय ५२ एन्टीजेन परिक्षणका क्रममा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २५ हजार १५ पुगेको छ ।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा कोरोना कारण ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ५२ संक्रमित निको हुँदा हालसम्म ८ लाख १२ हजार २ सय १० जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ६९ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्