काठमाडौं - विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । जितसंगै एपीएफ एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार ललितपुर मेयर्स-११ लाई १० विकेटले पराजित गर्दै एपीएफले पराजित यात्रा कायम रहेको हो । ललितपुरले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
एपीएफको जितमा राजमती ऐरीले अविजित रहदै ३३ रन जोडिन । इन्दु बर्मा २८ रनमा अविजित रहिन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । ललितपुरका लागि कन्चन श्रेष्ठले सर्वाधिक १७ रन जोडिन । यस्तै कप्तान सरस्वती चौधरीले १२ रन बनाईन् ।
सन्तोषी चौधरी १३ रनमा अविजित रहिन् । अनुराधा चौधरी ८ रनमा आउट भईन् ।ललितपुरलाई सस्तैमा समेट्न एपीएफकी बिना बुढाले ४ विकेट लिईन् । रेखा रावलले २ विकेट लिईन् ।
यस्तै कप्तान सिता राना मगर, सुमन विष्ट र करुणा भण्डारीको नाममा १/१ विकेट रह्यो । जितसँगै एपीएफले ३ खेलमा ६ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । ललितपुरले ३ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा प्रदेश-१ लाई ८ विकेटले हराएको एपीएफले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हराएको थियो ।
पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित ललितपुरले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो ।