काठमाडौँ- पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका मध्ये ७० जनाको शवको पोष्टमार्टम भएको छ । पोष्टमार्टम भएका मध्ये ६० जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।
फरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज काठमाडौँका अनुसार सनाखत भएका ४ जनाको शव परिवारलाई जिम्मा लगाउन बाँकी छ । ६ जनाको शव सनाखत गरी परिवारलाई जिम्मा लगाउने प्रक्रियामा छ ।
हराइरहेका २ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रशान कार्यालय कास्कीले जनाएको एती एयरलाइन्सले जानकारी दिएको छ ।
0