×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

दुर्गेश थापा सामाजिक बहिस्करणमा पर्ने, तीजका नाममा विकृति फैलाएको आरोप

दुर्गेश थापा सामाजिक बहिस्करणमा पर्ने, तीजका नाममा विकृति फैलाएको आरोप

पछिल्लो समय बिवादित गीत सार्वजनिक गरेर बिवादमा आएका मोडल दुर्गेश थापा यस पटकको तीजमा समेत बिवादमा आएका छन् । तीजको विषयमा भन्दै सार्वजनिक गरिएको बीच्च बीच्चमा - ४ सिक्वेलको गीतमा प्रयोग गरिएको थेगो शब्दका कारण उनी बिवादमा आएका हुन् । 

गीत बनाउदा बनाउदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उक्त गीतमा प्रयोग गरिएको ख्यास्स पुतली भन्ने शब्द प्रयोग नगर्न ध्यानाकर्षण गराएको पाईएको छ । तर प्रष्ठिानको आग्रहलाई थापाले अवज्ञा गरेका छन् ।

श्रावण ७ गते प्रतिष्ठानको तर्फबाट अध्यक्ष रमेश बि.जी. र प्रतिष्ठानको विकृति विसंगति न्युनिकरण विभागका संयोजक शिव हमालले संयुक्त हस्ताक्षर गरेर थापालाई त्यस्तो शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । सामाजिक रुपमा आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतीमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भइदिनुहुन ध्यानाकर्षण सहित अनुरोध गर्दछौं । प्रतिष्ठानको पत्रमा उल्लेख छ । 

प्रतिष्ठानको ध्यानाकर्षण पत्रमा नैतिकता र ईमान्दारिता नै ठूलो हो न कि पैसा र चर्चा भनेर प्रश्न सरमेत गरिएको छ । 

थापाले प्रतिष्ठानको ध्यानाकर्षण र आग्रहलाई अवज्ञा गरेको र आगामी दिनमा उनीमाथि कारवाहीको प्रक्रिया के हुन्छ भनी जिज्ञासा राख्दा विकृति विसंगति ज्युनिकरण विभागका संयोजक हमालले कानुनी कारवाही नै गर्ने अधिकार प्रतिष्ठानसँग नभएको बताए । प्रतिष्ठान विशुद्ध सामाजिक संस्था भएकोले विकृतिजन्य क्रियाकलाप गर्ने व्यक्तिलाई अनुरोध नमानेमा संस्थाबाट हटाउने, भैपरि आउने सेवा सुविधाबाट वञ्चित गर्ने लगायतको बाहेक ठूलो कारवाही गर्न प्रतिष्ठानलाई अधिकार नभएको हमालको भनाई रहेको छ । 

थापाले प्रतिष्ठानको आग्रहलाई अस्वीकार गरेपछि यसबारेमा प्रतिष्ठानको साझा धारणा बनाउन आइतबार विभागको बैठक बोलाइएको हमालले बताए । आइतबारको छलफलपछि मात्र यसबारेमा कसरी अगाडि बढ्ने भन्ने बारे निश्कर्ष निकालिने उनको भनाइ रहेको छ । 

प्रतिष्ठानको आग्रह अवज्ञा गरेको बारे र उनले प्रयोग गरेको शब्दको नेपाली अर्थको बारेमा बुझ्न पटक पटक फोन गर्दा थापाले फेन उठाएनन् । 

rastriya-lok-dohori.jpg

प्रतिकृया दिनुहोस्