काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेलगत्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् ।
शनिबार बिहान प्रधानमन्त्रीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रचण्डसँगकाे भेटपछि उनी सीधै बालकाेट गएका हुन् ।
प्रचण्डकाे भेटमा लामिछानेले सिंहदरबारमा सर्वसाधारणलाई सहज प्रवेश दिन सकिनेबारे प्रस्ताव गरेकाे बताइएकाे छ । उनले सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको बताउँदै आमजनतालाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुरा गरेकाे गृहमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
सुरक्षा संवेदनशीलताकाे कारण देखाउँदै सरकारले पास लिएर मात्र सिंहदरबार प्रवेश गर्न पाइने नियम लगाएकाे छ ।
त्यसलगत्तै बालकाेट पुगेका लामिछाने र ओलीबीच सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रlपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल गरेका हुन् ।