×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

किसान नै अर्थतन्त्रको आधार

किसान नै अर्थतन्त्रको आधार

काठमाडौं- सबल अर्थतन्त्र नागरिक सुशासनको प्रमुख सूचक हो। अर्थतन्त्रको मुख्य आधार कृषि भएको र अति आवश्यक वस्तु खाद्यन्न कृषिबाट प्राप्त हुन्छ। किसानको उत्पादनले मानिसको जीवनचर्या चलिरहेको छ। खाद्य आपूर्ति विश्व शासनको मुख्य छलफलको विषयमा पर्छ। कृषि कर्मलाई संवेदनशील पेसाको रूपमा हेरिएको पाइन्छ। उत्तम खेती, मध्यम व्यापार र तल्लो श्रेणीमा नोकरी भन्ने भनाइ पनि छ।

३५ वर्षअघि कृषि उत्पादनको निर्यात हुन्थ्यो। अहिले कृषि वस्तुको आयात बढ्दो छ। ४० वर्षअघि कृषिको कुल गार्हस्थ उत्पादनमा लगभग ७० प्रतिशत योगदान थियो भने हाल उक्त योगदान २३ प्रतिशतमा झरेको छ। मौसमी रोजगारी हुने क्षेत्र भएकाले कृषिलाई जीवन निर्वाह गर्ने पेसाका रूपमा हेरिएको छ। कृषि उत्पादन र वितरणमा समस्या देखिएका छन्। 

किसानले आफ्नो उत्पादन बिक्री नभएका कारण दूध, तरकारी, फलफूल, अण्डा आदि सडकमा फ्याँकेको खबरले निराश बनायो। किसानले समयमा बिउ र मल नपाउँदा कृषि पेसामा नैराश्यता देखियो। कृषिका लागि सिँचाइको व्यवस्था गर्नेलगायतका विषयमा समन्वय हुन नसकेको गुनासो रहेको पाइयो। उखु किसानले उखुको मूल्य नपाएको र चिनी मिलले उखुको भुक्तानी नदिएकाले धर्ना दिनु परेको विषयले पनि चर्चा पायो। किसानका लागि अनुदानको दुरुपयोग भइरहेको छ। वित्तीय संस्थाले प्राथमिकता तोकेअनुसार कृषिमा लगानी गरेको देखिएन। कृषि उत्पादन र बजारबीचमा सम्बन्ध राम्रो हुन नसक्दा कृषि उद्यममा आकर्षण न्यून देखिन्छ। 

परम्परागत कृषि पेसा गर्ने मानिसको सामाजिक सम्मान खस्किँदो छ। किसानका लागि दिने सुविधा मध्यस्थकर्ताले लिएको गुनासो छ। वास्तविक किसान राज्यको सेवासुविधाप्रति सचेत भएको पाइँदैन। कृषि क्षेत्र र पूर्वाधार निर्माणबीचमा समन्वयको अभाव छ। ग्रामीण सडकको उपयोग गरी कृषि उत्पादन बजार जाने विषयमा तालमेल नभएको गुनासो छ। 

प्रतिकृया दिनुहोस्