×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तत्काल सरकारमा जाने सम्भावना छैनः लोसपा अध्यक्ष ठाकुर

तत्काल सरकारमा जाने सम्भावना छैनः लोसपा अध्यक्ष ठाकुर

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर तत्काल सरकारमा सहभागि हुने सम्भावना नरहेको बताएका छन् । अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेपनि सहभागी हुन कुनै प्रस्ताव नआएको भन्दै आफूहरु सरकारमा सहभागि हुने संभावना नरहेको बताएका हुन्

सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले सरकारमा सहभागि नभएपनि लोसपाले सँधैं मधेशी जनताको मुद्धा बोक्ने बताए । उनले भने– ‘हाम्रो प्राथमिकता माग र मुद्दा हो, सरकारमा गएपनि नगएपनि हामीले हाम्रो मुद्दाको सम्बोधन होस् भन्न चाहेका हौं ।’तत्कालिन नेकपाको बहुमत सरकार आफ्नै पार्टीका कारण ढलेको र अहिलेको गठबन्धन सरकारमा पनि विवाद शुरु भएको अध्यक्ष ठाकुरले बताए । ‘एमसीसीलाई लिएर तथा मन्त्रिपरिषदमा भागबण्डालाई लिएर विवाद शुरु भएको छ’ ठाकुरले भने, ‘सबै खेल सत्ताकै लागि भइरहेको छ । हामी भने मुद्दा सम्बोधनको पक्षमा छौं ।’

ठाकुरसँगै कार्यक्रममा सहभागि भएका लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले पनि तत्काल सरकारमा जाने कुरा नभएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको आरोप लगाए ।

उनले आगामी निर्वाचनमा अन्य दलहरुसँग गठबन्धन गरे पनि जसपासँग कुनैपनि हालतमा मिलेर चुनावमा जान नसकिने बताए । उनले भने– ‘हामीले पार्टी एकता गरेर बलियो पार्न खोज्यौं । उपेन्द्रजीहरुले निर्वाचन आयोगमा गएर फुटाइदिनुभयो, त्यसैले चुनावी तालमेल गर्न गाह्रो हुन्छ ।’ यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम र तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको गठबन्धनले मधेशमा बहुमत ल्याएको थियो ।

प्रतिकृया दिनुहोस्