×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ मा

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ मा

काठमाडौं : बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले बाग्मती प्रदेशसभाको आगामी जेठ २७ गते अपराह्न ३ बजे बस्ने आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री डोरमणि पौडेललेको अध्यक्षतामा मंगलबार बसेको बैठकले सरकारको नीति कार्यक्रमलाई सार्वजनिकीकरण गर्न प्रदेश प्रमुखलाई सिफारिस भएबमोजिम कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको यही जेठ १६ र १७ गतका बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस्