×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

वृद्धभत्ता मनमोहन र मैले शुरू गरेका हाैँ : अध्यक्ष नेपाल

वृद्धभत्ता मनमोहन र मैले शुरू गरेका हाैँ : अध्यक्ष नेपाल

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरूले नै गरेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले बुद्ध भत्ता, अपाङ्गता, एकल महिला लगाएतका सामाजिक सुरक्षा भत्ताको सुरुवात केपी ओलीले नभई मनमोहन र आफूले गरेको बताएका हुन् ।

उनले यसअघिको ओली सरकारले ओम्नी र यती समूहसँग मिलेर भ्रष्टचारको काम गरेको र आफूहरूले जनताको लागी काम गरेको दावी गरे ।

अध्यक्ष नेपालले इमान्दारिता र निष्ठाको राजनीतिका साथ जनताप्रति समर्पित हुँदै अघि बढ्ने जिकिर गरे । उनले राम्रो काम गर्न सकेमात्र मनोबल उच्च हुने भएकाले घोषणापत्रमा उल्लेख बिषयलाई जनतामाझ लानुपर्ने धारणा पनि राखे ।

उनले छिटो समयमा नै जनताले विश्वास गरेर नै एकीकृत समाजवादी छोटो समयमा बलियो पार्टी हुन सफल भएको बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी र एकीकृत नेकपाबीच एकता घोषणा गरिएको थियो ।

प्रतिकृया दिनुहोस्