×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गगनकुमार थापा भन्छन् - इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम भयो

गगनकुमार थापा भन्छन् - इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम भयो

काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम भएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भएको भन्दै तत्काल यसलाई पुनर्विचार गर्न सरकारसँग आग्रह गरे।

सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने चेतावनी दिए। सांसद थापाले इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेको भन्दै यसबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरे।

उनले सस्तो, सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए। इम्बोस्ड नम्बर आवश्यक भए पनि छिमेकी भारत र बंलादेशसँग तुलना गर्दा पाँच/छ गुणा महंगो भएकाले राज्यलेसमेत लगानी गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस्