नेपाल चलचित्र कलाकार सङ्घले कलाकार तथा नेपाल महिला रेस्लिङ फाउन्डेसनकी संस्थापक अध्यक्ष भगवती खडकालाई आर्थिक सहयोग गरेको छ ।
सङ्घको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष रवीन्द्र खड्काले खड्कालाई २३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
उनले निषेधाज्ञाको समयमा उनको संस्थासँग आबद्ध ४०–४५ जना महिला रेस्लरहरूलाई राहत तथा आर्थिक सहयोग गरेकी थिइन् । यही समयमा कोरोनाबाट सङ्क्रमित भएकी भगवतीलाई कलाकार सङ्घले आर्थिक सहयोग गरेको हो ।
रकम हस्तान्तरण कार्यक्रममा सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलालगायतको उपस्थित रहेको थियो ।