धनगढी- मादकपदार्थ सेवन गरेर आफ्नै पक्की घरमा आगो लगाएको आरोपमा धनगढीमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्ट छन् ।
दुई दिनअघि उनले घरको बीच कोठामा रातिको समयमा लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।