×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्ता साझेदार दलहरूले सरकारको साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने

सत्ता साझेदार दलहरूले सरकारको साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने

काठमाडौं- सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।

बुधबार बसेको बैठकमा न्यूनतम साझा कार्यक्रमका विषयमा विषयमा छलफल भएको थियो । उक्त बैठकपछि हीबार (आज)सम्म मस्यौदाको टुङ्गो लाग्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका थिए ।

न्यूनतम साझा कार्यक्रममा सरकार सञ्चालन र यसका काम कारबाहीका विषय समेटिने बताइएको छ । आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम बनाउने दलहरूको तयारी छ ।

सरकारको साझा कार्यक्रम आइसकेपछि र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेछन् । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ ।

प्रतिकृया दिनुहोस्