×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अमेरिकालाइ हराउँदै भारत विश्वकप क्रिकेटको ‘सुपर आठ’मा

अमेरिकालाइ हराउँदै भारत  विश्वकप क्रिकेटको ‘सुपर आठ’मा

काठमाडौं - टी-२० विश्वकप क्रिकेट अन्तर्गत बुधवार मध्यराति सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । यो जीतसँगै भारत तीन खेलबाट ६ अंक जोड्दै सुपर ८ मा पुगेको छ ।

आजको खेलमा अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १० बल अघि नै हासिल गर्यो ।
ओपनरद्वय विराट कोहली र रोहित शर्माको‌ विकेट सस्तैमा गुमाएको भारतलाई ऋषभ पन्त, सूर्यकुमार यादव तथा शिबम दुबेले जिताएका हुन् । पन्तले २० बलमा १८ रन बनाए ।

सूर्यकुमार यादव र शिबम दुबेबीच ६५ बलमा ६७ रनको अविजित साझेदारी भएपछि भारतको जीत सुनिश्चित भएको हो ।

यादवले ४९ बलमा ५० रन बनाए भने दुबेले ३५ बलमा ३१ रनको योगदान दिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि स्टेभन टेलरले २४ रन बनाउँदा नितिश कुमारले २७ रन बनाए। त्यस्तै कोरी एन्डरसनले १५ रन बनाउँदा हर्मित सिंहले १० रन बनाउँदा कप्तान एरोन जोनेस र स्याड्ली भान साल्यक्यले ११ रन बनाए।

भारतक लागि अर्सदीप सिंहले ४ विकेट लिंदा हार्दीक पाण्ड्याले २ विकेट हात पारे। त्यस्तै अक्षर पटेलका नाममा एक विकेट रह्यो।

प्रतिकृया दिनुहोस्