काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको पदबाट राजिनामा दिएकी छन्। ललितपुर निवाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा दिएकी हुन्।
उम्मेदवार हुनेक्रममा काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई चुनावमा उठेको भन्दै भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। त्यस विरुद्ध उनी सर्वोच्च गएकी थिईन्। सर्वोच्चले उनको पक्षमा आदेश गर्दै आयोगको निर्णय खारेज गरेको थियो।