×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

इपिएल आजबाट सुरु,पहिलो खेलमा ललितपुर र काठमाडौं भिड्ने

इपिएल आजबाट सुरु,पहिलो खेलमा ललितपुर र काठमाडौं भिड्ने

काठमाडौं - चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा आज ललितपुर प्याट्रियटर्स र काठमाडौं किंग्स इलेभेनबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल अपरान्ह १२:१५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्नेछन् भने काठमाडौंको कप्तानीमा सन्दीप लामिछाने रहनेछन् । दुबै टोली पहिलो खेलमा सुखद सुरुवात गर्न चाहन्छन् । दुबैको लक्ष्य पहिलो खेलमा २ अंकका लागि हुनेछ ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी छन् । काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बज, सिंगापुरका जनक प्रकाश रहेका छन् ।

चौथो संस्करणका प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउने जनाएको छ।

ललितपुर प्याट्रिएट्स

कुशल भुर्तेल (कप्तान), सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी ।

काठमाडौँ किंग्स एघार 

सन्दीप लामिछाने (कप्तान), अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दीपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, साहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज ।

प्रतिकृया दिनुहोस्