काठमाडाैँ- इंग्लिस फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा इंग्लिस क्लब टोटेनहम हटस्परले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पूनरागमन जित निकालेको छ ।
टोटेनहमले स्कटिस क्लब रेन्जर्समाथि २–१ को पूनरागमन जित निकालेको हो । रेन्जर्सका एन्टोनियो मिर्काे कोलाकको गोल सान्त्वना बन्यो ।