×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

किन उत्रियो सातामै हलबाट ‘नाई नभन्नु ल ६’?

किन उत्रियो सातामै हलबाट ‘नाई नभन्नु ल ६’?

काठमाडौं- विकासराज आचार्यको निर्देशित फिल्म ‘नाई नभन्नु ल ६’ एक सातामै हलबाट उत्रिएको छ । देशका मुख्य मल्टिप्लेक्सहरुले आजबाट यो फिल्मलाई शो दिएका छैनन् । 
क्यूएफएक्स, वीग मुभिज, वान सिनेमाज् जस्ता हलहरुमा भोलिका लागि यो फिल्मको शोज उपलब्ध छैन । यसको अर्थ, भोलीबाट फिल्म हलबाट उतारिएको छ । 

बक्स अफिसमा निकै नै खराब व्यापार गरेका कारण यो फिल्मलाई हलबाट उतारिएको हो । यसअघिका पाँच वटा सिरिजले सुपरहिटको व्यापार गरे पनि छैटौँ सिरिजमा आएर निर्देशक आचार्य पछारिएका छन् । 

फिल्ममा आँचल शर्मा, आर्शीवाद क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ । गतबर्ष फिल्म ‘झिँगे दाउ’ चलेपछि निकै नै उत्साहित भएकी नायिका आँचल शर्मालाई यो बर्षको सुरुवातमै झट्का लागेको छ । 

प्रतिकृया दिनुहोस्