×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसद् भवनअगाडि शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली पुग्दै

संसद् भवनअगाडि शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली पुग्दै

काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीकाअनुसार केहीबेर अघिमात्रै शंकास्पद वस्तु भेटिएको हो । 

संसद् भवनको सीधाअगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको उनले बताए । ‘अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ,’ उनले भने, ‘नेपाली सेनाको बम डिस्पोजल टोली पुग्दैछ ।’

एमसीसी सम्झौता आइतबार संसदबाट पास गरिएको विरोधमा आज घोषणा गरिएको छ । एमसीसी संसदबाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका हुन् ।

प्रतिकृया दिनुहोस्