×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रोकियो 'द इमोर्टल अश्वथामा' तीस करोड लगानी सकेपछि

रोकियो 'द इमोर्टल अश्वथामा'  तीस करोड लगानी सकेपछि

काठमाडौं- बलिउड अभिनेता विक्की कौशललाई लिएर निर्माणको तयारीमा रहेको फिल्म ‘द इमोर्टल अश्वथामा’ निर्माण नभई रोकिएको छ । आदित्य धरको निर्देशन रहने फिल्म विभिन्न विवादमा परेपछि अन्तिममा आएर रोकिएको हो । यो फिल्मको घोषणा सन् २०२० को छेकोमा गरिएको थियो ।

फिल्मको निर्माण रोनी स्क्रूवालाले गर्दै थिए । ‘उरी–द सर्जिकल स्ट्राइक’को बम्पर सफलतापछि निर्देशक आदित्य नयाँ ड्रिम प्रोजेक्ट ‘द इमोर्टल अश्वथामा’को तयारीमा थिए । फिल्ममा उनले विक्कीलाई नै प्रमुख भूमिकामा अनुबन्धित गरिसकेका थिए । तर फिल्म कोरोना महामारीका कारण होल्डमा राखिएको थियो । फिल्म होल्डमा परेपछि निर्माता रोनीले निर्माणबाट हात झिकेका थिए ।

रोनीले हात झिकेपछि निर्देशक आदित्य पुनः निर्माताको खोजीमा जुटे । यही बेला फिल्मलाई जियो स्टुडियोले निर्माण गर्ने चर्चा चलेको थियो । जियो फिल्ममा जोडिएपछि अभिनेताबाट विक्कीलाई निर्माण पक्षले निकालेको थियो । महंगो बजेटमा फिल्म निर्माण गर्नुपर्ने भएपछि निर्माण पक्षले विक्कीको स्थानमा अन्य कोही ठूलो स्टार लिने सोच बनाएको थियो । जियोले विक्कीको स्थानमा जुनियर एनटीआर, यश र रणवीर सिंहजस्ता स्टारलाई लिने नीति लियो ।

जियोको सुझाव अनुसार आदित्यले जुनियर एनटीआर र यशसमक्ष फिल्मको लागि प्रस्ताव गरे पनि उनीहरुले प्रस्तावलाई अस्वीकार गरे । जुनियर र यशले अस्वीकार गरेपछि जियोले रणवीर सिंहलाई प्रस्ताव गरेको थियो । तर जियोले रणवीरकै लागि फिल्ममा ३ सय देखि ३ सय ५० करोड खर्च गर्ने मनस्थिति बनाए । अन्ततः फिल्म निर्माण रोकियो ।

फिल्मको प्री प्रोडक्सन ३ वर्षदेखि साथी थियो । जसका लागि निर्माता निर्देशक आदित्य र टीमले ३० करोड रुपैंयाँ खर्च गरिसकेका थिए । तर, निर्माण पक्षले फिल्मलाई अन्तिम समयमा आएर रोकिदियो । निर्माण पक्षले ३ सय करोड लगानी गर्नुभन्दा ३० करोड घाटा सहनु नै उत्तम मानेर यो निर्णय लिएका हुन् ।

प्रतिकृया दिनुहोस्