×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

काठमाडौँ- नेपाल र अस्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको बैठकमा नेपालको परराष्ट्र सचिव भरत राज पौड्याल र अस्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स सहभागी थिए ।

बैठकमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । द्विपक्षीय सहायता बढाउने विषयमा पनि बैठकमा छलफल भएको क्यानभेरास्थित नेपाली दूतावासले जनाएको छ । बैठकमा नेपाल र अस्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल सरकारका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे र अस्ट्रेलियाको विदेश तथा व्यापार विभागका सचिव जान एडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिकृया दिनुहोस्