×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसद्‌मा गगनले भने- बलात्कारको उजुरी दिने हदम्यादबारे पुनर्विचार गरिनुपर्छ

संसद्‌मा गगनले भने- बलात्कारको उजुरी दिने हदम्यादबारे पुनर्विचार गरिनुपर्छ

काठमाडाैँ- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बलात्कारको उजुरी दिने हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार बसेकाे संसद् बैठकमा भाग लिँदै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले यस्ताे आग्रह गरेका हुन् । ‘हामीले यही संसद्‌बाट बनाएको बलात्कारसम्बन्धी कानून मुलुकी फौजदारी संहिताको खास गरी हदम्यादसम्बन्धी विषयका सम्बन्धमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन दिन पनि अनुरोध गर्न चाहन्छु,’ उनले भनेका छन् ।

उनले त्यसअघि भने, ‘‘हिजो साँझ घर जाँदा मेरो श्रीमती र दुई छोरीहरू सामाजिक सञ्लमा आएको एउटा नाैजवानले आफूमाथि आठ वर्षअघि भएको बलात्कारबारे बताइरहेको भिडियो हेरिरहेका थियाैँ । त्यसको प्रतिक्रियामा मैले मेरी छोरीको आँखामा डर देखेँ । यत्रो विषय सार्वजनिक भैसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ तत्कालै उसलाई अनुसन्धानको दायरामा ल्याउनका निम्ति म अनुरोध गर्दछु ।’

यसअघि मिस ग्लोबल ईन्टरनेसनल २०१४ मा सहभागी एक प्रतियोगीले पाण्डे थर भएका एक कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोश बनाएर बलात्कार गरेको सार्वजनिक गरेकी थिइन् । मिस ग्लोबल प्रतियोगितामा ती युवती छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालकले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले भिडिओमा बताएकी छन् ।

 

यसपछि याे विषय संसद्सम्म पुगेकाे हाे । महिला अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरूले आजै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस्