काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य २ रुपैयाँले घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।