काठमाडौं- गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ मा स्थानीय ४ जना व्यवसायी मिलेर गुल्मी डेरी उद्योग प्रा.लि. सञ्चालन गरेका हुन् ।
जिल्लामा डेरी व्यवसाय गर्दै आएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेत मिलेर डेरी उद्योग सञ्चालन गरेका हुन् । भुसाल नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष समेत हुन भने अरू तीन जना डेरी व्यवसाय गर्दै आएका व्यवसायी हुन् ।
डेरी उद्योगले दैनिक १२ हजार लिटर दूध प्रशोधन गरेर वितरण गर्ने योजना बनाएको छ । हाल उद्योगमा ५ हजार क्षमता भए पनि दूध अभावमा दैनिक झण्डै १ हजार लिटर मात्रै प्रशोधन गरेर बिक्री हुँदै आएको गुल्मी डेरी उद्योग सञ्चालन बालकृष्ण भण्डारीले बताए ।
जसमध्ये गाईको दूध र भैँसीको दूध बिक्री वितरण हुँदै आएको छ । बजारमा गाईको दूध भन्दा भैंसीको दूधको माग धेरै छ ।