×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नकर्मीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

नकर्मीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं-  नेकमा एमालेले नेपाली कम्युनिस्ट आन्दोलनकी साहसिक योद्धा कमरेड नानीमैया नकर्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । नकर्मीको आज ९५ वर्षको उमेरमा निधन भएको हो । एमालेले आज एक विज्ञप्ति जारी गर्दै १९८४ मंसिरमा काठमाडौँमा जन्मेकी नकर्मीले विगतका कठोर दिनहरूमा पार्टीलाई जनस्तरमा स्थापित गर्न पुर्याएको योगदानको स्मरण गरेको छ ।

‘आफू सानै छदा अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेम र गंगालाल श्रेष्ठलाई राणा सरकारले फासी दिएको घटनाबाट उद्वेलित भई राजनीतिमा सक्रिय हुनुभएकी नकर्मीले मनमोहन अधिकारी, तुल्सीलाल अमात्यलगायतका नेताहरूको सम्पर्कमा रही आन्दोलनमा सक्रियता जनाउनुभएको थियो,’ एमालेले विज्ञप्तिमा भनेको छ ।

राजनीतिक यात्राका क्रममा उनले एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य र पछि सल्लाहकार भएर काम गरेकी थिइन् । नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसका अवसरमा २०७९ वैशाख ९ गते एमालेले नकर्मीको योगदानको उच्च कदर गर्दै ‘कम्युनिस्ट योद्धा’ का रुपमा सम्मान गरेको थियो ।

 

‘मुलुकको परिवर्तन र रुपान्तरणमा योगदान गर्नुभएकी सक्रिय र साहसी योद्धा नानीमैया नकर्मीप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,’ एमालेले भनेको छ । 

 

प्रतिकृया दिनुहोस्