×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप १८४ जनामा संक्रमण‚ २६७ कोरोनामुक्त

थप १८४ जनामा संक्रमण‚ २६७ कोरोनामुक्त

काठमाडौँ- नेपालमा बिहीबार १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २३० पीसीआर परीक्षणका क्रममा १६० जना र ३ हजार ७८८ एन्टीजेन परीक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालका कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ७३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५६७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ६७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ८ हजार ८३ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ५ सय २६ सक्रिय संक्रमित आइसोलेसन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्