×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘कमेडी क्लब विथ च्याम्पियन्स’ कार्यक्रमकाे घोषणा

‘कमेडी क्लब विथ च्याम्पियन्स’ कार्यक्रमकाे घोषणा

काठमाडौँ- हास्य कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ घोषणा भएको छ । की एडभरटाइजिङ, की इन्टरटेनमेन्ट र थ्री प्रोडक्सनको सहकार्यमा कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको हो ।

कार्यक्रममा श्रेया सुवेदी, कैलाश कार्की, सजन श्रेष्ठ, उमेश राई (फुलन्देकी आमा), पवन भट्टराई, मेक्सम गौडेल, सुमन कार्कीको निरन्तर प्रस्तुति रहने बताइएको छ । टिममा उमेश बाहेकका प्रस्तोता कमेडी च्याम्पियनबाट नै प्रस्तुत गरिँदै छन् । लेखनलाई मेरुदण्ड मानेर जाने बताइएको कार्यक्रमको लेखन प्रमुख सान थापा रहेका छन् ।

कमेडी च्याम्पियन समूहको हिम्मतको कारण यो कार्यक्रम बनेको थ्री प्रोडक्सनका विशाल भण्डारीले बताएका छन् । सात जना मिलेर एउटा विषयलाई उठाउने र एकै एपिसोडमा शो विषय समापन गरिने समेत भण्डारीले जानकारी दिएका छन् ।

माघ महिनाबाट प्रत्येक सोमवार बेलुकी ८:३० बजे कार्यक्रम प्रसारण हुने छ । ४३ मिनेटको कार्यक्रममा ७ जना प्रस्तोतासँगै ३ जना लेखकको समूहको सहकार्य रहने छ । टिमले स्टार मलको हल भाडामा लिएर सेट बनाउँदै गरेको जानकारी दिएको छ ।

 
 

प्रतिकृया दिनुहोस्