×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अन्तर्राष्ट्रिय विमानस्थलको एलिभेटरले यात्रु सुरक्षा र सहजता भएन् : उषा रजक

अन्तर्राष्ट्रिय विमानस्थलको एलिभेटरले यात्रु सुरक्षा र सहजता भएन् : उषा रजक

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटर अड्किएर अभिनेत्री तथा टीभी पर्सनालिटी उषा रजकले आफू र छोरी लडेपछि टिकटकमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ । यो भिडियोले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु सुरक्षा र सहजतालाई लिएर बहस समेत भएको छ ।

सोमबार मध्यराति उक्त एलिभेटरमा अड्किएर आफू लगायतका केही यात्रु सानो दुर्घटनामा परेको भन्दै उषाले भिडियो पोस्ट गरेकी थिइन् । ‘अबदेखि यस्तो नहोस् भन्नलाई मैले के गर्नुपर्छ, सुझाव पाऊँ’ भन्दै भिडियो पोस्ट गरेकी छन् । ‘यो एकदमै खतरनाक एलिभेटेर हो । यो डिजाइनिङ कसले गरेको हो । झण्डै ज्यान लिन लागेको थियो हाम्रो । झण्डै मेरो बच्चा किचेर मर्न लाग्यो । यो एकदम गलत हो । एकदमै करप्टेड । झण्डै खुट्टा भाँचिएको थियो हाम्रो’ उषाले भनिन् ।

उषाले यो भिडियो पोस्ट गरेपछि उनलाई समर्थन गर्नेहरुको ताँती लागेको छ । अभिनेत्री करिश्मा मानन्धरले उषाको भिडियो सेयर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा भएको गम्भीर त्रुटीलाई सच्याउनुपर्ने बताएकी छन् भने सम्बन्धित निकायको ध्यानाकर्षण होस् भनेकी छन् । उषाको उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अन्य यात्रु र सर्वसाधारणले पनि उक्त एलिभेटरका भिडियो सार्वजनिक गरेका छन्, जहाँ कतिपय यात्रु लडेको देख्न सकिन्छ ।

त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्