×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पाकिस्तानमा अफगानी राजदूतकी छोरीको अपहरण

पाकिस्तानमा अफगानी राजदूतकी छोरीको अपहरण

इस्लामाबाद: पाकिस्तानका लागि अफगानिस्तानका राजदूतकी छोरीलाई अज्ञात हतियारधारी समूहले अपहरण गर्ने प्रयास गरेको छ ।

राजधानी इस्लामाबादमा अज्ञात हतियारधारी समूहले अफगानिस्तानी राजदूतकी छोरीलाई अपहरण गर्ने प्रयास गरेको हो।

अपहरणको प्रयास असफल भएपछि हतियारधारी समूहले उनकी छोरीका साथ हिंसा गरेर फरार भएको प्रहरीले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले घटनाबारे चासो लिँदै गृह मन्त्रालय, प्रहरी र सम्बन्धित निकायहरूलाई गम्भीरताका साथ छानबिन गर्न निर्देशन दिएका छन् ।

उनले घटना छानबिन गरेर ४८ घण्टाभित्र रिपोर्ट दिन भनेका छन् ।

अफगानिस्तानका पूर्वराष्ट्रपति हामिद करजईले ट्विट गरेर घटनाको भत्र्सना गरेका छन् ।

उनले ‘पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीलाई अपहरण गरेर कुटपिट गरिनु दुर्भाग्यपूर्ण र निन्दनीय छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन म पाकिस्तान सरकारसँग अपील गर्दछु’ ट्विटरमा लेखेका छन् ।

पाकिस्तानका लागि अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखेलले ट्विट गरेर भनेका छन्,‘इस्लामाबादमा शनिबार मेरो छोरीको अपहरण गरियो । उसलाई कुटपिट गरिएको छ । तर, उनी फरार हुन सफल भएकी छिन् । अहिले उनी ठीक छिन् । यो अमानवीय कार्य हो । यस घटनाप्रति दुबै मुलुकका सम्बन्धित अधिकारीहरूले चासो दिएका छन् ।’

नजिबुल्लाहले मध्यरातमा आफ्नी छोरीको एक तस्बिर पोस्ट गरेर ट्विटमा भनेका छन्,‘म छोरीको तस्बिर पोस्ट गर्न बाध्य भएको छु । किनभने सामाजिक सञ्जालमा उसको नाउँमा अन्यको तस्बिर पोस्ट भइरहेका छन् ।’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बयान जारी गरेर पाकिस्तान सरकार राजदूत र उनका परिवारको सम्पर्कमा रहेको बताएका छन् ।

राजदूत नजिबुल्लाकी छोरी सिलसिला अलिखेल बजार गएको बेला हतियारधारी समूहले उनको अपहरण गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्