×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

विमलेन्द्र निधिले दिए महामन्त्री गगन थापालाई बधाई

विमलेन्द्र निधिले दिए महामन्त्री गगन थापालाई बधाई

काठमाडाैँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नवनिर्वाचित महामन्त्री गगन थापालाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

महामन्त्रीमा निर्वाचित थापा र अर्का युवा नेता चन्द्र भण्डारी नेता निधिलाई भेट्न शनिबार साँझ ६ बजे निधि निवास मध्यबानेश्वर गएका थिए । भेटमा निधिले गगनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनीहरूबीच प्रदेश २ को महाधिवेशनका विषयमा केन्द्रित भएर कुराकानी भएको बताइएको छ । प्रदेश २ को अधिवेशन यही पुस ६ गतेलाई तय भएको छ । भेटमा प्रदेश २ को सभापतिमा रामसरोज यादवलाई समर्थन गर्न निधिले थापालाई अनुरोध गरेका थिए । निधि र थापाबीच आज फेरि भेट गर्ने सहमति भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्