काठमाडौँ- उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न सम्मानित नेता झलनाथ खनाल अस्पताल पुगेका छन् । अध्यक्ष नेपाललाई ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि मङ्गलवार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको थियो ।
अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल बुधबार पौने १ बजे अस्पताल पुगेको खनालको सचिवालयले जनाएको छ । अध्यक्ष नेपालको अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । क्रमशः सुधार हुँदै गए बिहीबार नेपाललाई डिस्चार्ज गर्ने अस्पताल स्रोतले जनाएको छ ।