काठमाडौँ - आशा लघुवित्तीय संस्थाले शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेय र १.३१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्तावत गर्ने निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जनाएका छन् ।
उक्त कम्पनीको चुक्ता पूँजी २६ करोड ७१ लख ३१ हजार २ सय रुपियाँ छ । राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरे पछि लाभांश वितरण गरिने कम्पनी सचिव दुलालले जनाएको छन् ।