काठमाडौँ- नेपालमा एकै दिन ७१० कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।
२ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना सङ्क्रमित फेला परेका छन् । बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
२४ घण्टाको अवधिमा २१५ जना निको भएका छन् । सोही अवधिमा २ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमित संख्या बिहीबारसम्ममा ४ हजार २३६ पुगेको छ । २४ घण्टाको अवधिमा ५९ हजार ४७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।