×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधवार विहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।

आकस्मिक रुपमा नर्भिक अस्पताल लगिएकी दाहालको निधन भएको  स्रोतले बताएको छ । उनी लामो समयदेखि अस्वस्थ थिइन् ।

नर्भिक अस्पताल स्रोतका अनुसार हृदयघातबाट सीता दाहालको निधन भएको हो ।

सीता दाहाल दीर्घरोगको समस्यामा परेपछि देश तथा विदेशमा उपचार हुँदै आएको थियो । उनका दुई छोरी छन् । छोरा प्रकाश दाहाल र छोरी ज्ञानु केसीको निधन भइसकेको छ ।
छोरा प्रकाशको निधनपछि विक्षिप्त भएयता सीताको स्वास्थ्यमा समस्या देखिदै आएको थियो । ६९ वर्षकी सीता प्रचण्डको राजनीतिक यात्राको विशेष सहयोगी पनि थिइन् ।

 

प्रतिकृया दिनुहोस्