एजेन्सी - बार्सिलोनामा करिब दुई दशक भन्दा बढि समय बिताएका स्टार फुटबलर लियोनल मेस्सीले आफ्ना समर्थकलाई अन्तिम पटक बिदाई माग्ने भएका छन ।
ला लिगाको आर्थिक नियमका कारण बार्सिलोनासँग नयाँ सम्झौता गर्न नपाउने भएपछि बाहिरीने पक्का भएका मेस्सीले आइतबार पत्रकार सम्मेलन गरेर आफ्ना समर्थकबाट बिदाई माग्ने भएका छन ।
पछिल्लो पटक आफ्नो बाल्यकाल देखिको क्लवसँगको नयाँ सम्झौता नहुने भएपछि निकै निरास भएका मेस्सीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
तर उनले बार्सिलोना छोड्ने पक्का भएपछि अन्तिम पटक क्लव र आफ्ना समर्थकलाई बाईबाई भन्ने भएका छन ।
१७ बर्ष बार्सिलोनाको सिनियर टिमबाट खेलेका मेस्सीले २१ बर्ष सो क्लवका जर्सी लगाएका थिए ।
पत्रकार सम्मेलनमा मेस्सीसँग उनको परिवारका केहि सदस्य हुनेछन । यसका साथै युभेन्टसविरुद्धको खेलमा बार्सिलोनाका कुनै पनि खेलाडीले १० नम्वर जर्सी नलगाउने भएका छन ।