×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज सर्वोच्चको 'फूल कोर्ट', संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन हाेला ?

आज सर्वोच्चको 'फूल कोर्ट', संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन हाेला ?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले  सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फूल कोर्ट आज शुक्रबारका लागि बाेलाएका छन्।अदालतले दिने सेवा र संवैधानिक इजलाससम्बन्धी नियमावली संशोधनबारे छलफल गर्न जबराले पूर्ण बैठक बोलाएका हुन्। पुरुषोत्तम भण्डारी सेवानिवृत्त भएपछि हाल कार्यरत २० न्यायाधीश बैठकमा सहभागी हुुनेछन् । 

संवैधानिक इजलास तोक्नका लागि इजलास सञ्चालन नियमावली संशोधनको विषय पनि एजेन्डा छ। 

पाँच सदस्यीय संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ नै प्रभावित भएको छ । मंगलबारको सुनुवाइमा श्रेष्ठ र केसीले इजलास नछोड्ने अडान राखेपछि अर्का न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेका थिए । जसले इजलास गठनको विषय थप पेचिलो बनेको छ । 

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार पूर्ण बैठक जेठ १३ गते नै निर्धारण गरिएको थियो। यसअघि प्रधानन्यायाधीश राणा र सर्वोच्च अदालतको बार एशोसियसनका पदाधिकारीहरूसँग भएको छलफलमा नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा इजलास गठन गर्ने व्यवस्था गर्ने सहमति भएकाे थियाे।

 

प्रतिकृया दिनुहोस्