×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अप्रशिक्षित दस्तालाई अग्रमोर्चामा पठाइन्न : युक्रेन

अप्रशिक्षित दस्तालाई अग्रमोर्चामा पठाइन्न : युक्रेन

काठमाडौँ- युक्रेनको रक्षा मन्त्रालयले अप्रशिक्षित दस्तालाई अग्रमोर्चामा नपठाइने जनाएको छ । मन्त्रालयले रुसविरुद्ध लड्नका लागि नयाँ गठन गरिएको अप्रशिक्षित मानिसहरूको दस्तालाई लडाइँको अग्रमोर्चामा नपठाइने जनाएको हो ।

रुसी फौजसँग लड्न अस्त्र उठाइरहेका नागरिकहरूको समूह युक्रेनमा गठन गरिएको छ । ‘त्यसको अर्थ छैन । हाम्रो सेनाले धेरै शत्रुलाई रोक्छ । किनकि त्यो उत्प्रेरित छ, राम्ररी प्रशिक्षित छ र अस्त्रले सुसज्जित छ,’ रक्षामन्त्री एलेक्सी रेज्निकोले भिडिओ सम्बोधनमा भनेका छन् ।

भर्ती भएका गैरसनिकहरूले आफूहरू रहेको स्थानबारे सेनालाई जानकारी गराइरहन र स्थानीय भर्ती केन्द्रसँग सम्पर्कमा रहन भनिएको उनले बताए । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भूमिरक्षा एकाइमा एक लाख जति युक्रेनीहरू भर्ती भइसकेका छन् । बीबीसी

प्रतिकृया दिनुहोस्