×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित

काठमाडौं- चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

त्यस्तै त्यस्तै महासचिवमा रघुनाथ सापकोटा ७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रदीप कार्कीले ७४ मत ल्याए ।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी निर्वाचित भए । गिरीले ८३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मत ल्याए ।

उपाध्यक्ष संगठनतर्फ विजय आवाज निर्वाचित भए भने उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भएकी छन् ।

सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन्  कोषाध्यक्षमा मनिष कार्की निर्वाचित भएका छन् 

प्रतिकृया दिनुहोस्