काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो बनाउने प्रस्ताव गरेका थिए ।
तर उक्त नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित भएको छ । प्रचण्डले नामहरु वाचन सुरु गरेपछि के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरे ।
प्रचण्डले पढेका कतिपय नाम दोहोरिएका पनि थिए । ३/४ वटा लिस्ट बनाएको र त्यसबाट मिलाउँदा यस्तो अवस्था आएको भन्दै उनले स्थायी कमिटीले फाइनल गर्ने र सर्कुलर पठाउने बताए । तर हलमा नेताहरुको विरोध कायमै रहेपछि प्रचण्डले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।