×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वपश्चिम विद्युतिय रेल मार्गको जग्गा फुक्का गर्न लिङ्देन माग

पूर्वपश्चिम विद्युतिय रेल मार्गको जग्गा फुक्का गर्न लिङ्देन माग

काठमाडौँ- प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले पूर्वपश्चिम विद्युतिय रेल मार्ग अन्र्तगतको काँकडभिट्टा–इनरुवा खण्डको लागि आवश्यक पर्नेभन्दा बढी जग्गा रोक्का गरिएको र काम पनि अगाडी नबढाइएकाले सो जग्गा फुक्का गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पूर्वपश्चिम विद्युतिय रेल मार्ग अन्र्तगतको काँकडभिट्टा–इनरुवा खण्डको लागि आवश्यक पर्ने ६०५ हेक्टर जमिनका लागि ६०५ हेक्टर मात्रै होइन, सम्बन्धित कित्ताका सबै जग्गाहरु समेत रोक्का गरिएको छ । काम कुनै अगाडी बढेको छैन । त्यसको मुआब्जाका लागि मात्रै २५ अर्ब आवश्यकता पर्ने भनेर भनिन्छ । तर अहिले रकम १ अर्बको व्यवस्था गरिएको छ । यही हिसाबले हो भने मुआब्जा दिदैँ जाँदाखेरी २५ वर्ष लाग्ने रहेछ । त्यसकारणले यो काम नहुने प्रयोजनको लागि यो जग्गा रोक्का राख्नु भएन । जग्गा फुक्का गरिदिनुप¥यो भन्ने म हार्दिक अनुरोध गर्न चाहान्छु ।’

प्रतिकृया दिनुहोस्