×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राउतको प्रश्न : याे कस्तो खालको राष्ट्रिय सहमति हो ?

राउतको प्रश्न : याे कस्तो खालको राष्ट्रिय सहमति हो ?

काठमाडौँ- जनमत पार्टीका डा चन्द्रकान्त राउतले देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।

संसदमा सभामुखका लागि नेकपा एमालेका उम्मेदवारलाई सघाउने बताउँदै अनुहार, जाति र समुदाय भन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह समेत गरे । 

उनले प्रतिपक्षी दललाई लक्षित गर्दै भने, ‘ मधेसी र थारुलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको कुराको अर्थ छैन । राष्ट्रिय सहमतिको लागि कुरा ल्याए। यो केका लागि पदको लागि मात्रै हो की , कस्तो खालको राष्ट्रिय सहमति होरु मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो। हामी दल भन्दा माथि उठ्छौँ तर तपाईँहरू एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ की हुँदैन रु त्यो ठूलो कुरा हो।’

राउतले गृहमन्त्रीले प्लेन दुर्घटनाको तत्काल छानविन गरी कारबाही अघि बढाउन समेत गरे । सरकारले कि सानालाई ऐन ठुलालाई चयन हुन्छ भन्नुपर्यो नभए तत्काल छानविन गरेर कारबाही हुनुपर्ने राउतले बताए । उनले भने, ‘मेरो गृहमन्त्री ज्यूसँग आग्रह छ । यस विषयमा गम्भीरताका साथ छानविन गरियोस् ।’

प्रतिकृया दिनुहोस्