×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

३१६ संक्रमित थपिँदा २५९ कोरोनामुक्त

३१६ संक्रमित थपिँदा २५९ कोरोनामुक्त

काठमाडौं- नेपालमा बुधबार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ९ सय १९ पीसीआर परीक्षणका क्रममा २८५ जना र १ हजार ८०८ एन्टीजेन परीक्षणका क्रममा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार १ सय ८० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ५९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ३ हजार १ सय ६८ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ हजार ९ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्