×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

३२६० संक्रमित थपिए, २२९४ कोरोनामुक्त

३२६० संक्रमित थपिए, २२९४ कोरोनामुक्त

नेपालमा बिहीबार थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ८ सय ६ वटा पीसीआर परीक्षणका क्रममा २ हजार ४ सय ७३ र ४ हजार ६ सय ५६ एन्टीजेन परीक्षणका क्रममा ७८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९८ हजार ६ सय ५१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार २ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

सोही अवधीमा थप २ हजार २ सय ९४ संक्रमित कोरोनामुक्त हुँदा कुल ६ लाख ७७ हजार ३७७ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३८ हजार १ सय ८० जना सक्रिय संक्रमित आइसोलेसन र ४४१ जना क्वारेन्टीनमा छन् ।

हालसम्म नेपालमा ३७ लाख २९ हजार १०९ वटा पीसीआर र ३ लाख ८० हजार ५५ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्