×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

३०६ संक्रमित थपिँदा ३४८ जना कोरोनामुक्त

३०६ संक्रमित थपिँदा ३४८ जना कोरोनामुक्त

काठमाडौं- नेपालमा आइतबार थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ पीसीआर परीक्षणका क्रममा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार २ सय ७४ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय १५ सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्