×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

कोहलपुर - बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ। दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए।

मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका-३ का ५० वर्षीय काशिराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू छन्। मृतक तीन जनाको भने परिचय खुलिसकेको छैन।

डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन्। उनीहरू  दाङ भ्रमणबाट फर्किँदै थिए।

दुर्घटनामा २८  जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जना सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिए।

उनका अनुसार घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको

प्रतिकृया दिनुहोस्